चिप्लेढुङ्गामा एकाबिहानै बसले हानेर दिक्षाको ‘स्पट डेथ’
पाेखरा | चैत ३, २०७९
PHOTO: RUDRA PARAJULI
पोखरा: पोखरा चिप्लेढुङ्गामा आज बिहान नगरबसले स्कुटरलाई ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा जिल्ला दमक ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका ५ पस्र्याङ बस्दै आएकी २४ वर्षीय दिक्षा कार्की रहेकी छिन् ।
उनको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीका अनुसार आज बिहान ७ः १० बजे सिद्धार्थ चोकबाट चिप्लेढुङ्गातर्फ आउँदै गरेको ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
अहिले ठक्कर दिएको बस र चालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

